दाङ: लुम्बिनी प्रदेश सरकारले सोमबार आयोजना गर्न लागेको माघी मिलन कार्यक्रम स्थगित भएको छ।

आइतबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाबाट उत्पन्न दुःखद परिस्थितिका कारण माघी मिलन कार्यक्रम स्थगित गरेको प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले सूचना जारी गरी जानकारी दिएका हुन्।

गत शुक्रबार मन्त्रिपरिषद् बैठकले सोमबार माघी महोत्सव मनाउने र प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। आन्तरिक मामिला मन्त्रालयले प्रदेशको राजधानी राप्ती उपत्यकामा रहेको मुख्यमन्त्री निवासमा माघी मिलन कार्यक्रम गर्ने तयारी थियो।