विजयनगर।
विजयनगर गाउँपालिकाको दोस्रो गाउँसभा हिउँदे अधिवेशन सम्पन्न भएको छ । पुस २९ गते शुक्रबार पालिकाको सभाहलमा हिउँदे अधिवेशनमा महत्त्वपूर्ण विधेयक माथि छलफल गरिएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनु भयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका क्रियाकलापहरुको बारेमा समीक्षा गर्दै गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न गरिएको जानकारी गराइएको छ ।
पालिकाको हिउँदे अधिवेशनमा स्वीकृत कार्यक्रमहरुको प्रगती समीक्षा, नीति तथा कार्यक्रम र कमीकमजोरीहरु पहिल्याउनुको साथै नीराकरण गर्ने रणानीति बनाउँदै कार्यक्रम सम्पन्न गरिएको छ ।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले वडा र गाउँपालिका स्तरीय केही योजनाहरुको संशोधनसहित कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । गाउँ सभामा उठेका कुराहरुलाई सम्बोधन गर्दै अध्यक्ष थापाले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि मानव संशाधन तर्फ केन्द्रित भएर काम गरिने बताए । पालिका भित्र रहेका महिला उद्यमीलाई प्रोत्साहीत गर्ने गरी काम अघि बढाईने र आगामी योजनाहरुमा अहिले छुटको कुराहरुलाई समेटिने बताए ।
गाउँपालिका भित्रका सार्वजनिक जग्गा तथा मिचिएका कुलो मर्मत तथा निर्माण गरि सिचाई आयोजनाहरुलाई ब्यवस्थितरुपमा संचालन गरिने ताल तलैयालाई संरक्षण र विकास गरिने बतानु भयो । योजना र कार्यक्रम समेत अघि बढाउने सभाले निर्णय गरेको छ भने सभामा वडा अध्यक्षहरुले बिभिन्न सुझावहरु समेत दिएका थिए ।