कर्णाली प्रदेश : मुख्यमन्त्री शर्माले लिए शपथ
सुर्खेत : कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले बिहीबार शपथ ग्रहण गरेका छन्।
मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
शर्मालाई प्रदेश प्रमुख परियारले हिजो (बुधबार) कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए। माओवादी केन्द्रका शर्मालाई नेकपा एमालेसहितको गठबन्धनले मुख्यमन्त्रीको दावीमा समर्थन गरेको थियो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















