अर्घाखाँची । गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको कोप्चीबासमा पैदलयात्रुलाई जिपले ठक्कर दिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा शितगंगा ४ क‍ोप्चीबासका ७५ बर्षीय ज्ञान बहादुर नेपाली रहेको प्रहरीले जनाएको छ । भेडामारेबाट अमराई आउँदै गरेको लु ३ च ३३२० नम्बरको डबल क्याप जिपले सडकखण्डको कोप्चीबासमा ठक्कर दिएको हो । चालक र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।