खाना नपकाएको भन्दै श्रीमानले गरे श्रीमतीको लात्ताले हानेर हत्या
काठमाडौं : झापामा खाना नपकाएको निहुँमा श्रीमानले लात्ताले हानेर श्रीमतीको हत्या गरेका छन्।
हिजो बेलुकी भोजपुर अरुण गाउँपालिका–१ घर भई झापाको अर्जुनधारा नगरपालिका– ९ खरबन्दिमा डेरा गरी बस्ने बिश्वराज घिसिङले श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन्।
खाना नपकाएको कारण झै-झगडा गरी लात्ताले हान्दा पेटमा लागि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए। ।
प्रहरीले घिसिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पाठकको भनाइ छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















