सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिकाको लिम्सास्थित स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृत सन्तोष चपाईले दुई दिनअघि नै हाजिर गरेर बिदामा बसेका छन्।

पुस २५ गते लिम्साबाट बिदामा गएका डाक्टर चपाई २६ र २७ गतेका हाजिरसमेत लगाएर गएको पाइएपछि हाजिरी नै काटिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले बताए।

अनुगमनका क्रममा उक्त कुरा फेला परेको उनले बताए। चपाईसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएन। २७ गते आज पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिएको छ।