लुम्बिनी प्रदेश : सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन
काठमाडौं : लुम्बिनी प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्ने समय बुधबार सकिँदै छ।
सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले अपराह्न ४ बजेसम्मको समय दिएका छन्।
एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा मंगलबार नै सरकारमा दाबी गर्ने तयारी भए पनि माओवादी केन्द्र असन्तुष्ट भएपछि रोकिएको हो। यसपछि गिरी र माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महराले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ।
लुम्बिनी प्रदेशमा गठबन्धनबाट एमालेको २९, माओवादी केन्द्रको १०, राप्रपाका ४, जसपा र जनमतको ३–३ सिट छ। यस्तै नागरिक उन्मुक्तिसँग चार र स्वतन्त्र दुई सांसद छन्।
यस्तै कांग्रेसका २७, लोसपाका तीन र एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन्।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















