चितवनमा नक्कली नोटसहित एक जना पक्राउ
चितवन – चितवनमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कालीका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीय गङ्गा तामाङ रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनको कोठाबाट एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा (नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उहाँले बताउनुभयो । उनलाई मुद्रासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















