नारायणहिटीमा बन्यो पृथ्वीनारायण शाहको पूर्णकदको सालिक
काठमाडौं : नेपाली सेनाले ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ को अवसरमा नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वार्टरको हाताभित्र राष्ट्रनिर्माता ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरेको छ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नवनिर्मित पूर्णकदको उक्त शालिकको सोमबार विशेष समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गरे।
अनावरण समारोहमा नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द, अधिकृतलगायत सकल दर्जाहरूको उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















