काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बस चढेर पाटन पुगेकी छन्। पाटनस्थित मदन पुस्तकालयको स्थलगत अवलोकनका लागि राष्ट्रपति भण्डारी शीतलनिवासबाट साझा बस चढेर पाटन पुगेकी हुन्।

राष्ट्रपति जस्तो विशिष्ट व्‍यक्तित्व साझा यातायात चडेपछि उनका लागि त्यस रूटमा उच्च सुरक्षा व्‍यवस्था गरिएको थियो।

पछिल्लो समय सार्वजनिक यातायातहरूको आलोचना भइरहेका बेला सरकारका उच्च विशिष्ट व्‍यक्तित्वहरूले यसरी समय समयमा सार्वजनिक बसमा यात्रा गरिदिने मात्रै हो भने पनि त्यहाँको बेथिति तथा अस्तव्‍यस्त व्यवस्थापन केही हदसम्म सुधार हुन्थ्यो कि भन्नेमा दुईमत नहोला।