Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

हेटौँडा १० बसपार्ककाे एक डान्सबारमा चक्कु प्रहार, ३ जना घाइते


हेटौँडा १० बसपार्ककाे एक डान्सबारमा चक्कु प्रहार, ३ जना घाइते

मकवानपुर – हेटौँडा उपमहानगरपालिका क्षेत्रमा फेरि चक्कु प्रहार भएको छ । हेटौँडाको मानसचोक नजिक चक्कु प्रहार भएको तीन हप्तापछि फेरि चक्कु प्रहार भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा रहेको हेटौँडा डान्सबारमा रक्सी खाएर केही युवाले चक्कु प्रहार गर्दा होटलका सञ्चालकसहित तीन जना घाइते भएका छन् ।

बसपार्क नजिकै अस्थायी प्रहरी पोस्टमा प्रहरी बस्छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर पनि नजिकै छ । रातको समयमा होटलका सञ्चालक र कामदारमाथि चक्कु प्रहार भएको स्थानीयवासीले बताएका छन् ।

चक्कु प्रहारबाट डान्सबार सञ्चालक हेटौँडा १ बस्ने ४० वर्षीय संजय लामा घाइते हुनुभएको छ । उहाँको निधारमा गहिराे चोट लागेकाे छ । उहाँकाे निधारमा पाँच वटा टाका लगाइएको छ । यसैगरी यही डान्सबारमा काम गर्ने हेटौँडा ४ बस्ने २४ वर्षीय विजयकुमार मोक्तान घाइते हुनुभएकाे छ । उहाँको नाक र ओठमा धारिलो हतियारले काटेको देखिन्छ । उहाँलाई १७ वटा टाका लगाइएको छ । यस्तै यही डान्सबारमा काम गर्ने हेटौँडा–४ बस्ने २८ वर्षीय राेशन श्रेष्ठ घाइते भएका छन् । उहाँको टाउकोमा चोट लागेको छ ।

रक्सी खाएर चक्कु प्रहार गर्ने चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । प्रहरीले चक्कु प्रहार गर्ने कार्यमा संलग्न भएको आरोपमा बसपार्क बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ, आनन्द टोल बस्ने ४१ वर्षीय विष्णुलाल योन्जन, ३१ वर्षीय निमा योन्जन र हेटौँडा १ बस्ने ४० वर्षीय सुरेश महर्जनलाई पक्राउ गरेकाे हाे । उनीहरूले रक्सी खाइसकेपछि बिल तिर्ने क्रममा झगडा भइ कुटपिट गर्दा सञ्चालक र कर्मचारी घाइते भएका हुन् । प्रहरीले उनीहरूकाे साथबाट एक थान चक्कुसमेत बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

भारतीय अभिनेता सतीश कौशिकको निधन

भारतीय अभिनेता सतीश कौशिकको निधन

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

टिपरको ठक्करबाट साँखुमा एक पत्रकारसहित २ जनाको मृत्यु

यी हुन् आफन्तलाई स्वकीय सचिव राख्ने कपिलवस्तुका एमाले सांसद

यी हुन् आफन्तलाई स्वकीय सचिव राख्ने कपिलवस्तुका एमाले सांसद

एक हप्तासम्म ज्वरो र खोकी सञ्चो भएन ? हङकङ फ्लू हुन सक्छ आफूखुसी एन्टिबायोटिक खानु घातक

एक हप्तासम्म ज्वरो र खोकी सञ्चो भएन ? हङकङ फ्लू हुन सक्छ आफूखुसी एन्टिबायोटिक खानु घातक

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline