Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

ईलाका प्रहरी कार्यालय गणेशपुरको नव निर्मित भवन उद्घाटन ।।


ईलाका प्रहरी कार्यालय गणेशपुरको नव निर्मित भवन उद्घाटन ।।
कृष्ण पौडेल विजयनगर।।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा ईलाका प्रहरी कार्यालय गणेशपुरको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक विशेष कार्यक्रमका बीच लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायव महानिरीक्षक  नल प्रसाद उपाध्यायले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।
भवनको समुद्घाटन गर्दै उनले नयाँ भवन निर्माण संगै आम नागरीकलाई दिने सेवा प्रवाहमा प्रहरीलाई थप उर्जा र हौसला मिल्ने विश्वास ब्यक्त गर्नुभयो। हरेक नागरिकको सुरक्षामा खटिने प्रहरी आफैमा असुरक्षित रहेमा आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउन नसक्ने हुँदा प्रहरीको गाँस बास र कपासमा सरकारले विशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो । नवनिर्मित भवन हामी सबैको साझा सम्पती भएकाले यसको संरक्षण र सम्बद्र्धन गर्न समेत सरोकारवालाहरुलाई अनुरोध गर्नु भएको थियो ।
त्यसतै कार्यक्रम बोल्दै साहयक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले नेपाल प्रहरीलाई भौतिक रुपमा समृद्ध बनाउने उदेश्य अनुरुप नेपाल सरकारको नियमित बजेटबाट नवनिर्मित भवनले जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवा प्रवाह गर्न सहज बनाउनको साथै आवासको सुविधाले थप हौसला प्रदान गरेको बताउनुभयो । भवनको उचित सदुपयोग मार्फत नागरिकलाई थप उत्कृष्ट सेवा प्रवाह गर्ने उत्तरदायित्व आफुहरु माझ आएको भन्दै उहाँले अझ विशिष्ट सेवा प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रम सम्बोधन गर्दै विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौँ नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित बनाउन पालिका हरदम तयार रहेको बताउनु भयो ।
धन्यवाद ज्ञापन गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेम बाहादुर बस्नेतले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरूलाई भौतिक सुविधा सम्पन्न यस्ता भवनले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताउनु भयो । साथै सुविधा सम्पन्न भवन प्राप्त भएसँगै जोश र ऊर्जाका साथ नागरिकहरूको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनु भएको थियो ।
नवनिर्मित भवन लुम्बिनी प्रदेश सरकारको नियमित बजेट बाट २ करोड ३६ लाख ४४ हजार २ सय ४२ रुपैयाँ लागतमा साँढे २ तले कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा शमशेर दल गण गोरुसिंगेका प्रमुख सेनानी दिलप घले , शस्त्र प्रहरी बल नेपाल नं २८ हेक्वा कपिलवस्तुका प्रमुख शस्त्र प्रहरी उपरीक्षक सुर्य बहादुर सेन वलि राष्ट्रिय अनुसन्धान कार्यालय कपिलवस्तुका उप अनुसन्धान निर्देशक मोहन बाहादुर कुवर, स्थानीय जन प्रतिनिधिहरू, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत स्थानीयवासीहरुकाे बिषेश उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

चिलीमा आगलागी नियन्त्रण गर्न कठिन

चिलीमा आगलागी नियन्त्रण गर्न कठिन

श्रीलंका भ्रमण सकी मन्त्री पौड्याल स्वदेश फिर्ता

श्रीलंका भ्रमण सकी मन्त्री पौड्याल स्वदेश फिर्ता

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline