बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं : पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
देशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भू–भागमा हुस्सुरकुहिरो लागेको महाशाखाले जनाएको छ ।
सोमबार पनि प्रदेश–१ को पहाडी भू(भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने प्रदेश– १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















