राहदानी, लाइसेन्स जस्ता सेवा लिन सास्ती नहुने
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहदानी, लाइसेन्स जस्ता काममा जनतालाई दुःख सास्ती नहुने बताएका छन्। उनले अबको सरकारले सुशासन कायम गर्ने पनि बताए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकपछि प्रचण्डले यस्तो जानकारी दिएका हुन्।
उनले भने‚ ‘राहदानी, लाइसेन्स सम्बन्धी लामा लाइन देखेका छौँ, यसको प्रभावकारी सेवा दिने किसिममा केन्द्रित भएका छौँ।’
साथै नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए ।
सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकपछि उनले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए।
प्रधानमन्त्री दाहालले गम्भीर रूपले देश र जनताका समस्याको सम्बोधन गर्ने प्रतिबद्धता जनाए। उनले भने‚ ‘जनतामा आम रूपमा एउटा आशा र भरोसा बढेको देखिएको छ। यो मन्त्रिपरिषद्ले एउटा आशा जगाएको छ। प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेका छौँ।’
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्का सबै सदस्यमा केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पारे। सोमवार अपराह्न प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए।
मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेले शपथग्रहण लिएका थिए।
मन्त्रीहरूमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गरे।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















