टर्कीमा न्यूनतम पारिश्रमिक ५५ प्रतिशतले बढ्यो
एजेन्सी
टर्कीले सन् २०२३ देखि लागू हुनेगरी न्यूनतम पारिश्रमिकमा ५५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीका नागरिकमाथि बढ्दो जीवनयापन खर्चको बोझ कम गर्ने प्रयासस्वरूप सरकारले सन् २०२३ को सुरुदेखि न्यूनतम पारिश्रमिक ५५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको घोषणा गरेका हुन्।
यो निर्णयसँगै आगामी जनवरीदेखि मासिक पारिश्रमिक न्यूनतम करिब ४५५ अमेरिकी डलर हुनेछ। सरकारी तथ्यांकअनुसार टर्कीमा करिब ६० लाख मानिस वा सबै कर्मचारीले करिब ३८ प्रतिशतले न्यूनतम पारिश्रमिक पाउने गरेका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















