भोला गुप्ता कृष्णनगर ।।

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा १० बकौलीमा २४ कुण्डीय गायत्री महायज्ञ आज शुरु हुँदैछ । यज्ञ शुरु गर्नुअघि कलश यात्रा निकालिएको छ । बकौलि बाट निकालिएको कलश यात्रा झिगहा, रामनगर, मैनारी परिक्रमापछि यज्ञस्थल बकौलिमा पुगेर समापन भएको छ ।

कलश यात्रामा हजारौंको सहभागी भएका थिए । कुण्डीय गायत्री महायज्ञ मुल आयोजक समितिका अध्यक्ष राम कुमार चौहन , सह संयोजक राम किशोर चौहन लगायतले गायत्री माताको पूजा गरेर कलश यात्रा शुभारम्भ गरिएको थियो । कार्यक्रम पुष ८ गते देखि ११ गते सम्म राखिएको छ । कार्यक्रम आगन्तुकलाई निःशुल्क भोजन, आवास तथा औषधोउपचारको व्यवस्था मिलाइएको छ ।