फोहोर व्यवस्थापन रोकेका छैनौँ : कामपा
काठमाडौं : काठमाडौं महानगरपालिकाले नियमित फोहोर व्यवस्थापन कार्य भइरहेको जनाएको छ। महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले आजदेखि काठमाडौंको फोहोर एक हप्ता नउठ्ने शीर्षकमा समाचार प्रकाशन भएको उल्लेख गर्दै यो समाचार सत्य नभएको बताए।
प्रवक्ता मानन्धरले भने,‘फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कार्य कुनै पनि रोकिएको वा अवरोध भएको छैन,जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन्,स्रोतमा पुष्टि नभएका समाचारले गलत सूचना प्रवाह भयो।’
ल्याण्डफिल्ड साइटका इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठकाअनुसार आज विहान १ सय १९ ट्रिप फोहोर व्यवस्थापन भइसकेको छ। फोहोर बोकेका ट्रक साइटमा पुग्दैछन्। साइटमा व्यवस्थापनको काम चलिरहेको छ। साइटमा दैनिक २ सय ट्रक पुग्ने गरेको उनले बताए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















