यस्तो छ आजको मौसम
काठमाडौं : प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज देशको पूर्वी हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।
प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने छ। बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















