भन्सार छलेर भारततर्फ लैजाँदै गरेको चार बोरा नेपाली ढाकाको झोला बरामद
काठमाण्डौ – भन्सार छलेर भारततर्फ लैजाँदै गरेको अवस्थामा झापाको मेचीनगर नगरपालिका–५ काली मन्दिर छेउबाट प्रहरीले चार बोरा नेपाली ढाकाको झोला बरामद गरेको छ ।
मेचीनगर ५ का ३० वर्षीय बाबुल राजवंशीले अवैध ढंगले सामान भारततर्फ लैजाँदै गरेको अवस्थामा हिजो राति प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको झोला र पोते पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















