काठमाडौं : प्रेस चौतारी ललितपुरले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित ६ सांसदलाई सम्मान गरेको छ।

ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम महर्जन, प्रदेश सभा १ (१) का मधुसूदन पौडेल, २ (१) का रामेश्वर श्रेष्ठ, ३ (१) का रघुनाथ महर्जन र ३ (२) का प्रेमभक्त महर्जनका साथै समानुपातिकतर्फ प्रदेश सभामा निर्वाचित अप्सरा चापागाइँलाई चौतारी ललितपुरले सम्मान गरेको हो। चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले सम्मान गरे।

यस्तै प्रेसको तर्फबाट प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै जिल्लाका पत्रकारलाई पनि सम्मान गरियो। प्रेस चौतारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ईश्वरराज ढकाल,केन्द्रीय सदस्य सञ्चिता घिमिरे, लेखा समिति सदस्य सीता पोखरेल, उपत्यका प्रदेश समितिका महासचिव घनश्याम धमला, सदस्य दीपकप्रसाद घिमिरे, जिल्ला कमिटी अध्यक्ष बालमुकुन्द आचार्य, उपाध्यक्ष नवीन लुइँटेल, शान्ति घिमिरे,सचिव अशोक दुलाल, सहसचिव सन्तोष दहाल, कोषाध्यक्ष ईश्वर महर्जन, सुभानु आचार्य, लक्ष्मण दुलाल, रवि महर्जन र ज्ञानबहादुर महर्जनले सम्मान पाए।

कार्यक्रममा पत्रकार बलराम वाग्ले र सुनिता विश्वकर्मालाई पनि सम्मान गरियो।