विजयनगर ।।
विजयनगर गाउँपालिका ७ मा रहेको लौटन राम द्रोपतीदेवि माध्यमिक विद्यालय गणेशुरमा चार कोठे र त्रिनेत्र आधारभुत विधालय मधुनगरमा २ कोठे पक्की भवन शिलान्यास गरिएको छ। विहिवार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ता प्रदेश सभा सदस्य ( क ) का अर्जुन कुमार के शि प्रदेश सभा सदस्य ( ख ) जानकि प्रसाद यादव विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा प्रमुख प्रसासकिय अधिकृत शोभाराम रिजाल वडा नं ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरले भवनको शिलान्यास गर्नु भएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत लौटन राम द्रोपतीदेवि माध्यमिक विद्यालय गणेशुरको ४५ लाख र त्रिनेत्र आधारभुत विधालय मधुनगरको २२ लाख ५० हजारमा भवन बन्न लागेको इन्जिनियर नवीन डुम्रेले बताउनु भएको छ । उक्त भवनहरु यसै आर्थिक वर्षमा सम्पन्न गरिने बताइएको छ । कार्यक्रमको अवसरमा नवनिर्वाचित जनप्रतिनिधि संघ तथा प्रदेश सदस्यहरुलाई दोसल्ला ओढाइ फूल माला तथा टिका लगाई सम्मान गरिएको थियो ।
सरकारले सामुदायिक शैक्षिक संस्थाको भौतिक संरचना विकास, सिकाइ वातावरण सुधार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न योगदान गरी सार्वजनिक शैक्षिक संस्थालाई विद्यार्थीको सिकाइका लागि रोजाइको केन्द्र बनाउने उद्देश्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सहित कार्य संचालन गर्दै आएको छ ।