पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले सबैले पहल गर्नु पर्ने वडा न १का अध्यक्ष खिम बिक्रम केसी, वडा न १० अध्यक्ष मन्जु मिश्र,दलित मानव अधिकार निगरानि समिति मिना परियार,र मानव अधिकार प्रतिष्ठानका जिल्ला समापति विष्नु प्रसाद खतिवडा जोड दिनु पर्ने बताएका थिए ।

हिँसा कस्ता प्रकार हुन्छन् कानुनि प्रकृया के कस्तो छ हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अधिवक्त इन्दिरा आचार्यले पहल गर्ने सकिने बताउनु भयो । शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुको अध्यक्षता रहेको कार्यक्रममा शिवराज नगर भित्रका विभिन्न संघको उपस्थित रहेको थियो भने सन्चालन प्रेम वलिले गर्नुभएको थियो ।