काठमाडौं : नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदहरुको टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ।

शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई अन्तिमसूची बनाउने जिम्मा दिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

उनले समितिमा आवश्यक परामर्श सहित सभापति देउवाले नै निर्णय लिने बताए। निर्वाचन आयोगले आज ४ बजेभित्र समानुपातिक सांसदहरुको सूची बुझाउन निर्देशन दिएको थियो। सोहीअनुसार दलहरु अन्तिम गृहकार्यमा जुटेका हुन्।

सांसदहरुको अन्तिम टुंगो लगाउन कांग्रेसको पदाधिकारी बैठक बस्ने लागेको बताइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। उक्त बैठकमा बन्दसूचीमा नाम समावेश पदाधिकारी सहभागी हुन नपाउने भएका छन्।