मानव अधिकारका मूल्य र मान्यता विश्वव्यापी हुन्छन् : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको मर्म तथा भावना आत्मसात् गर्न सबैसँग आग्रह गरेकी छिन्।
७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सन्देश जारी गरी उनले संविधानको मार्गदर्शनमा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्ने बताएकी हुन्।
‘नेपालको संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरू मानव अधिकारका व्यापकतम अवधारणामा आधारित छन्’, उनले भनेकी छिन्, ‘मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका विषयहरूलाई नेपालको संविधानले अझ विस्तार र विकास गर्न योगदान गरेको छ।’
मानव अधिकारका आधारभूत मूल्य र मान्यताहरू कुनै भूगोल विशेषमा मात्र सीमित नभई विश्वव्यापी हुन्छन् भन्ने अवधारणालाई मानव अधिकारको विश्वव्यापी घोषणापत्रले स्थापित गरेको उनको भनाइ छ।
न्यायपूर्ण, स्वतन्त्र र स्वस्थ प्रतिस्पर्धामा आधारित सामाजिक प्रणालीभित्र मात्र हरेक व्यक्तिले आफ्ना लागि अवसर र उन्नतिको बाटो तय गर्न सक्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















