उष्णप्रदेशिय रोगहरुबारे सन्चारकर्मीसँग अन्तरक्रिया
कपिलवस्तु, १४ मंसिर ।
उपेक्षित उष्ण प्रदेशिय रोगहरुबारे सञ्चारकर्मीसँग अन्तरक्रिया तथा अभिमुखिकरण गरिएको छ ।
जिल्लाकाे चन्द्राैटामा बुधबार कालिका स्वावलम्वन सामाजिक केन्द्रको आयोजनामा अन्तरक्रिया गरिएको आयाेजकले जनाएको छ ।
शिवराज, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका सक्रिय सञ्चारकर्मीलाई कुष्ठरोग, हात्तिपाइले लगायत रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य परियोजना संयाेजक निशान कुँवरले सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिएका थिए ।
कपिलवस्तुका विभिन्न क्षेत्रमा संस्थाले गरेका काम र भुमिकाका बारेमा जनाउँदै जिल्लाको तथ्यांक समेत कुँवरले प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















