दिपक भण्डारी विजयनगर । यहि मंसिर ४ गते हुने संघ र प्रदेशको चुनाव खारेज गर्नुपर्ने माग सहित नेपाल कम्युनिष्ट पार्टि द्धारा मसाल जुलुश प्रदर्शसन गरीएको छ । आवस्यकता व्यक्ति चुन्ने नभएर व्यवस्था वदल्नु पर्ने भएकाले अहिलेको ब्यवस्थानै खारेज गर्नु पर्ने नेपाल कम्युष्ट पार्टि (विप्लप) का जिल्ला कमिटि सदस्य बादलले बताउनुभयो ।

मसाल जुलुुस पश्चात विजयनगर गाउँपालिका को फरेनि चोकमा भएको कोणसभा लाई सम्वोधन गर्दै बादलले यस्तो वताउनु भएको हो । पटक पटक नेपाली जनताले आफ्नो अमुल्य मत प्रदान गर्दै आए पनि जनताको जिवनस्तर मा कुनै परिवर्तन नआएको तथा जनतालाइ जवरजस्ति दलाल पुजिवादी सत्ता र संसदीय व्यवस्था लादिएको जिकिर गर्दै यो व्यवस्था विरुद्ध आफुहरु निरन्तर लाग्ने बादलको भनाई रहेको थियो ।