४० लाख जरिवाना ठहर भएका ठेकेदार पक्राउ
काठमाडौं : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ४० लाख रुपैयाँ जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट ४० लाख जरिवाना ठहर भएका कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का भएका ५१ वर्षीय राममणि दाहाललाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र जरिवाना ठहर भई फरार रहेका दाहाललाई धादिङको गल्छीबाट पक्राउ गरेको हो।
दाहालले २०७७ मंसिर १५ गते उक्त कम्पनीको नाममा कुमारी बैंक लिमिटेडको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले यस्तो फैसला गरेको थियो।
पक्राउ परेका दाहाललाई जिल्ला अदालत पाटनको आदेशानुसार कैद भुक्तानका लागि नख्खु कारागार पठाएको ब्यूरोले जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















