सप्तरी – सप्तरी प्रहरीले झन्डै साढे दुई लाख रुपैयाँ बराबरकाे पटका नष्ट गरेकाे छ । प्रहरीले विभिन्न ठाउँ र समयबाट ठूलाे परिमाणमा पटका नष्ट गरेको हाे ।

सप्तरीको छिन्नमस्ता, बोदेबरसाईन, विष्णुपुर, बलान बिहुल, खडक, हनुमानगर कङ्कालिनी, डाक्नेश्वरी, अग्निसाइर कृष्णसवरण लगायतका ठाउँबाट भारतबाट अवैधरूपमा ल्याएकाे दुई लाख ४५ हजार रुपैयाँ बराबरको पटका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिनुभयाे ।

उहाँका अनुसार बरामद गरिएका नागिन, फुलझेरी, छुरछुरी, आलु बम, रकेट बम, चक्र, आकाशे बम लगायतका पटाका नष्ट गरिएको हाे । सप्तरीको सीमावर्ती नाकाहरूबाट जिल्लामा बिस्फाेटक पर्दाथहरू भित्र्याइएको स्थानीयवासीकाे भनाइ छ ।