विजयनगर । हिन्दू रक्षा परिषद् नेपाल विजयनगरद्वारा प्रशिक्षण एंव सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । हिन्दु संस्कृति रक्षार्थ विशिष्ट योगदान पु¥यानु हुने व्यक्तित्वहरुलाई परिषद्ले समय–समयमा सम्मान गर्दै आएको छ ।

विजयनगर गाउँपालिकाको सभाहलमा शनिबार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि हिन्दू धर्म रक्षा परिषद नेपालका केन्द्रीय अध्यक्ष नारायण खनाल , विशिष्ट अथिति हिन्दू जागरण युवा स्वयंसेवक कपिलवस्तु जिल्ला अध्यक्ष मनोज भुसाल ,कपिलवस्तु जिल्ला उपाध्यक्ष रघु नाथ चाई,केन्द्रीय सदस्य बाबा मोहनी लाल , भिमाकान्त पन्थी , राजु उपाध्य, श्याम कनोडिया , बाबुराम खाती , केशव आचार्य लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तेज प्रसाद पौडेलको अध्यक्षता र प्रेम नारायण मौर्याको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।