तुलसीपुर : दाङमा बबई नदीमा डुबेर एकजना बेपत्ता भएका छन्। शुक्रबार दिउँसो तुलसीपुर उपमहानगरपालिका-१३ बखरिया नजिकबाट नदी तरेर आउने क्रममा एकजना पुरुष डुबेर बेपत्ता भए पनि उनको पहिचान खुल्न सकेको छैन।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ती व्यक्ति बग्दै गरेको स्थानीय बासिन्दाले देखेको र उद्धारको प्रयास गर्दा फेला परेनन् तर ती व्यक्तिले बोकेर ल्याएको सामान भने केही तल नदीमा फेला परे पनि बगेका व्यक्ति अहिलेसम्म फेला नपरेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

तुलसीपुर-अमिलिया सडक खण्ड अन्तर्गत शीतलपुरस्थित बबई नदी पुलभन्दा केही पूर्व दक्षिणबाट उनले नदी तर्न खोज्दा बगेको प्रत्यक्षदर्शीले बताएका छन्।