खर काट्दा लडेर महिलाकाे मृत्यु
बैतडी : भीरबाट लडेर बैतडीमा एक महिलाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा जिल्लाकाे दशरथचन्द नगरपालिका-२ जेब्लाखानकी ४५ वर्षीया लीलादेवी बाेहरा रहेकी छन्।
स्थानीय ‘सलेनी लोटे भीर’ मा शुक्रबार खर काटिरहेका वेला लड्दा घटनास्थलमै उनको मृत्यु भएकाे बैतडीका प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।
परीक्षणका लागि शव अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।




















