दाङ : दाङमा प्रहरीले ५ लाखभन्दा बढी रकमसहित जुवा खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ।
शनिबार बिहान करिब ३ बजेतिर दंगीशरण गाउँपालिका ५ डाँडाचिस स्थित देवराज गिरीको घरमा अवैध रुपमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली र जिल्ला प्रहरी कार्यालय दाङबाट गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरूको साथबाट नगद ५ लाख २८ हजार ३४० रुपैयाँ, ३ गड्डी खोलेको र २ गड्डी नखोलेको तास बरामद गरेको छ। उनीहरु सबैलाई इप्रका तुलसीपुरमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।