चट्याङ लागेर बालिकाको मृत्यु
काठमाडौं : झापाको बिर्तामोडमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।
शुक्रबार साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ चैतुबारीमा रुपलाल हस्दाकी छोरी ११ वर्षीया सञ्जुको मृत्यु भएको हो।
उनलाई साइकलमा गुडिरहेको अवस्थामा साँझ चट्याङ लागेको इलाका प्रहरी कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















