अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको छ .जिल्लाको शितगंगा नगरपालिका वडा नं. ३ खस्रकामा आपसी विवाद हुँदा भएको झगडामा दिउसो करीव ४ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको हो । पारिवारीक विषयमा आपसी बिबाद हुँदा ५३ बर्षिय पिताम्बर भुसालले लोहोराले हानेर श्रीमती ५० बर्षिया मनकला भुुसालको हत्या गरि प्रहरीमा आफै समर्पण गरेको स्थानीयले जानाकारी दिएका छन् ।

मनकला भुसालको मृत्यु भैसकेको भएपनि घटनाको थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख होमनाथ रेग्मीले जानकारी दिए । “मृतकको टाउकामा चोट देसखएको छ” रेग्मीले भने “थप अनुसन्धान र पोष्टमार्टम पछि मात्र वास्तविकता बाहिर आउला ।”रातीको ९ बजे (यो समाचार तयार पार्दा) सम्म मृतक मनकलाको माइती पक्ष नआएकोले शव उठाउन नसकीएको समेत रेग्मीले जानकारी दिए । मृतक भुसालका २ छोरा र १ छोरी रहेका छन । साभारः खराे न्युज