Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

३ शिक्षक राख्नेगरि लिइएको परीक्षा विबादको घेरामा : नगर समक्ष छानविन गर्न माग


३ शिक्षक राख्नेगरि लिइएको परीक्षा विबादको घेरामा : नगर समक्ष छानविन गर्न माग

कपिलवस्तु २ असोज ।कपिलवस्तुको बाणगंगा नगरपालिका शुसासनमा देशकै पहिलो भएर पुरस्कार पाएको नगर हो । तर यहाको शिक्षा शाखाको नेतृत्व गर्ने र मातहतका कतिपय विधालयका प्र.अ.हरु शिक्षकको नियुक्ती , सरुवा र दरबन्दी मिलानमा आर्थिक चलखेल गरेका कारण विवादमा आउने गरेका छन् । पछिल्लो पटक महेन्द्र मावि कोपवामा कम्प्यूटर विषय ,अंग्रेजी विषय र साइन्स अन्तर्गत रसायन शास्त्र विषयको ३ जना शिक्षक मावि देखि उच्च मावि तह राख्ने क्रममा उत्पन्न विवादले यहाको शिक्षामा अझै केकति बिकृति रहेछन् भन्ने प्रष्टाएको छ ।

कोपवामाविकी प्रअ तनुश्री भण्डारीले आफूले भनेका मान्छे राख्नु पर्ने र विज्ञ आफैले तोक्नु पर्ने अडान लिएपछि पटकपटक परिक्षाको मिति तोक्ने र विवाद भएपछि सार्ने क्रम चलिरहेको थियो । तेश्रो पटक ३१ भदौमो जाँच लिनेगरी ब्यवस्था मिलाइयो । तर विद्यालय ब्यवस्थापन समिती अध्यक्ष अमृत चौधरी र प्रअ तनुश्री भण्डारीले विज्ञका नाममा आफ्नो सेटिङ्ग अनुसार चल्ने शिक्षक राखेर परीक्षा लिने काम जवरजस्ती रुपमा गरेका छन् । त्यसमा पनि एकजना परिक्षार्थीलाई त खवरै नगरेर जाँच दिनवाट रोक लगाइएको पुष्टि भएकोछ

। जाँच दिन खवरै नगरेर छुटाएका रसायन शास्त्र विषयको शिक्षकका लागि प्रतिस्पर्धी पद्मा बस्नेतले जाँच दिन नपाउनु दुखद रहेको वताउदै प्रअ र अध्यक्षको नियतनै बेठिक रहेको वताउनु भयो । आफूले स्थानीय सरकार , अदालत र अख्तिार सबैतिर उजुरी दिएर न्यायकालागि लड्ने वताउनु भयो ।

यति सम्म अनियमितता र चलखेल गरिएको छ की मावि दोश्रो तहको दरबन्दीमा परिक्षा लिन राखिएका विज्ञ मावि तेश्रो तहका रहेकाछन् । नियमानुसार दोश्रो तहको दरबन्दीमा परिक्षा लिन पहिलो तहका विज्ञ राखिनु पर्ने हो । नेपाली कांग्रेसको जिम्मेवार कार्यकर्ता समेत रहेका विद्यालय ब्यवस्थापन समिती अध्यक्ष अमृत चौधरी र प्रअ तनुश्री भण्डारीले आर्थिक तथा राजनैतिक चलखेल गरेको प्रष्ट भएको छ । फलस्वरुप जाँच गराइएका उत्तर पुस्तिका सिल गरेर प्रहरीको जिम्मा लगाइएको छ । सेटिङ्गमा हुदै गरेको परिक्षाका उत्तर पुस्तिका जाँचेर नतिजा प्रकाशन नपाएपछि शिक्षा शाखा प्रमुख खिमवहादुर जिसी र विद्यालयका लेखापाल गोपाल दुबेले चलखेल गरेको भन्दै स्वयम प्रअ तनुश्री भण्डारीको हवला दिदै पत्रकारलाई प्रयोग गरेर समाचार लेखाइएको पाइएको छ ।

परिक्षाको अघिल्लो दिन कोपावका समाजसेवी बुद्धी जिवी शिक्षाप्रेमी १५ जना अभिभावको समुहले विद्यालय ब्यवस्थापन समिती अध्यक्ष अमृत चौधरी र प्रअ तनुश्री भण्डारीले सेटिङ्ग गरेर कसलाई पास गराउने भन्ने पूर्व निर्धारण गरेर आफ्नै आदेशमा चल्ने नाममात्रका विज्ञ राखेर अनियमितता गरिएको भन्दै नगरमा निवेदन दिएका थिए । शिक्षा शाखा प्रमुख खिम वहादुर जिसी र मेयर चक्रपाणी अर्याल समक्ष परिक्षा रोक्न र मापदण्ड अनुसारका विज्ञ राखि जाँच लिन माग गरेका थिए । तर यतिठूलो विवाद जाँच हुनु पूर्व श्रृजना भएपनि शिक्षा शाखा प्रमुख जिसीले नगरपालिकाका मेयर उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसंग कुनै सल्लाहनै नगरी गएर जाँच चलाउनु र एकजना जाँच दिनवाटै बञ्चित रहनुले जिसी समेत विवादको घेरामा परेका छन् ।

जेहोस यस्तो विकृति विसंगती यूक्त परिक्षा बदर गरेर स्वच्छ र मर्यादित परिक्षा गराउन नगर पालिका शिक्षा शाखा र स्वमय विद्यालय अग्रसर हुन्छन् वा बिकृतिलाई तै चुप मैचुपमा मिलाउनछन् त्यो भने पर्खेर हेर्नू पर्ने भएको छ । तर परिक्षा दिनवाटै बञ्चित पद्मा बस्नेतले अदालत र अख्तियारमा समेत निवेदन दिने तयारी गरेकाले सेटिङ्ग र स्वेच्छाचारीता गर्नेहरु भने केहि समय तनावमा पर्ने र चलखेल पुष्टि भए जागिरवाटै हातधुनु पर्ने हुन सक्छ । भनिन्छ अति भएपछि पाप धुरीवाट कुर्लन्छ भनेको यस्तैलाई होला ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नेपाल आदर्श बहुमुखी क्याम्पसमा स्वागत,सम्मान तथा विदाई कार्यक्रम सम्पन्न : युग सुहाउँदो शिक्षा प्रदान गर्ने अध्यक्ष हमालको भनाई ।।

नेपाल आदर्श बहुमुखी क्याम्पसमा स्वागत,सम्मान तथा विदाई कार्यक्रम सम्पन्न : युग सुहाउँदो शिक्षा प्रदान गर्ने अध्यक्ष हमालको भनाई ।।

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुकाे नेतृत्वमा रेश्मी

नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुकाे नेतृत्वमा रेश्मी

जन्म दिनको खर्च कटाएर बालबालिका लाई सहयोग

जन्म दिनको खर्च कटाएर बालबालिका लाई सहयोग

श्री परमानन्द बैद्धिक बिध्या भवनको २४ औं बार्षीक उत्सब सम्पन्न

श्री परमानन्द बैद्धिक बिध्या भवनको २४ औं बार्षीक उत्सब सम्पन्न

माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline