बुटवल । मुख्य न्याधिवक्ताको कार्यालय, लुम्बिनी प्रदेशले प्रदेश प्रमुख अमिक शेरचनलाई वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ । बिहीबार प्रदेश प्रमुख शेरचनको कार्यालयमा पुगेर मुख्य न्याधिवक्ता श्रीकृष्ण सुवेदीले आर्थिक वर्ष २०७८र७९ को न्यायिक क्षेत्रमा भएका प्रगति विवरण तथा गतिविधिसहितको प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन बुझाउनु अगाडि मुख्यन्याधिवक्ता सुवेदीले लुम्बिनी प्रदेश सरकारविरुद्ध १२८ वटा मुद्धा दर्ता भएको र ती मध्ये ४८ वटा फस्र्यौट भएको बताउँदै ६५ प्रतिशत मुद्दा सरकारले जितेको जानकारी गराए । उनले फस्र्यौट भएकामध्येबाट ६५ प्रतिशतमा सरकार सफल भएको र अन्य ८० वटा भने बाँकी रहेको जनाए । मुख्यन्याधिवक्ता सुवेदीले कार्यालयमा कर्मचारीको कमी रहेको बताउँदै सोँचेअनुसार कानून निर्माण र मुद्दा फस्र्यौट गर्न भने नसकिएको गुनासो गरे ।

उनले भने ‘ अझैपनि प्रदेशमा मुख्यन्याधिवक्ता रहेको बारे धेरैलाई थाहा छैन, पूर्ववर्ती सरकारलेनै न्याधिवक्तासँग कानूनी सल्लाह नलिएको देखियो । कार्यालयमा आवश्यक जनशक्तिको कमी छ । त्यसैले हामीले सोँचेअनुसार नयाँ कानून निर्माण गर्न सकेका छैंनौं । यद्यपि केहि कानून निर्माण र मुद्दा फस्र्यौटमा भने सन्तुष्टिजनक प्रगति रहेको छ । थोरै जनशक्तिका बावजूद दैनिकजसो पर्ने मुद्दा,पेशी फस्र्यौटमा सन्तुष्टिजनक प्रगति रहेको छ ।’

प्रतिवेदन बुझ्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले मुख्यन्याधिवक्ताका अनुसार कार्यालयले पेश गरेको प्रतिवेदन सन्तुष्जिनक रहेको बताए । उनले ६५ प्रतिशत मुद्दा सरकारको पक्षमा हुनुले सरकारले थौरै कमजोरी धेरै राम्रो गरेको देखिएको उल्लेख गरे । उनले भने ‘प्रतिवेदनअनुसार ६५ प्रतिशत मुद्दा सरकारको पक्षमा हुनु सकारात्मक हो । थोरै कमजोरी धैरै सफलता देखिएको छ । प्रदेशले धेरै काम जनताप्रति गरेको देखियो, आगामी दिनमा पूर्णतया जनपक्षीय काम तथा निर्णयहरु गर्नतर्फ लागोस्।’

प्रदेश प्रमुख शेरचनले मुख्य न्याधिवक्ताको कार्यालयले थौरै जनशक्तिबाट पनि धेरै काम गर्न सफल भएको बताए । ‘कार्यालयको प्रतिवेदनमा भनिएके समस्या अनुसार भौरै जनशक्तिमा पनि धेरै र राम्रा काम भएका छन् । यो पनि सफल तथा सकारात्मक पक्ष हो । धेरै कानून निर्माण र परिमार्जन गर्नुपर्ने छ । सरकार परिवर्तनसँगै कर्मचारी परिवर्तन गर्नु पनि गलत प्रवृत्ति हो । यस्तो प्रवृत्तिले अस्थिरता ल्याउँछ , प्रदेशको काममा बाधा तथा ढिला सुस्ती ल्याउँछ ।’ उनले गुनासो गरे ।