शौचालयकाे झ्यालबाट फरार भए म्याद थप्न लगिएका बन्दी
दाङ – दाङ जिल्ला अदालतबाट प्रहरीले म्याद थप्न लगेका एक जना बन्दी फरार भएका छन् ।
घोराही उपमहानगरपालिका १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीवार बेलुकी ५ बजेतिर जिल्ला अदालतबाटै फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतले जानकारी दिनुभएको छ ।
फरार भएका विश्वकर्मा सुन चोरी अभियोगमा बुधवार पक्राउ परेका थिए । भित्र न्यायाधीशसमक्ष उपस्थित गराउने क्रममा विश्वकर्मा शाैचालय गएका थिए । त्यही क्रममा उनी शाैचालयको झ्यालबाट भागेका डीएसपी गौतमले बताउनुभयो ।
लामो समयसम्म विश्वकर्मा शाैचालयबाट नआएपछि ढोका खोलेर हेर्दा उनी त्यहाँ नभेटिएपछि अहिले खाेजी भइरहेकाे प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















