अनेमसंघ शिवराज नगर कमिटिको दोस्रो सम्मेलन, अध्यक्षमा पोख्रेल
कपिलवस्तु – नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ शिवराज नगर कमिटिको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट बिष्णु पोख्रेलको अध्यक्षतामा ४५ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा डुका केसि, सचिवमा कमला डुम्रे, कोषाध्यक्षमा हसिना थारु सहितको कमिटि निमार्ण भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अनेम संघ केन्द्रिय सदस्य शारदा शर्माले पार्टीलाई मजबुत र बलियो बनाउनका लागि अनेमसंघको अहम भुमिका रहेको बताउदै नवनिर्वाचित कमिटिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा अनेम सघं केन्द्रिय सदस्य तथा शिवराज नगर उप प्रमुख शिवकुमारी थारु, एमाले जिल्ला कमिटि उप सचिव अर्जुन केसि, जिल्ला कमिटि सदस्य निशा विश्वकर्मा, नगर कमिटि अध्यक्ष जगत पौडेल, उपाध्यक्ष महादेब पोख्रेल लगायतले नवगठित अनेम सघं नगर कमिटिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अनेमसंघ पार्टीको खम्बा बनेर उभिन आग्रह गर्नुभयो । कार्यक्रममा अनेम सघंका पदाधिकारीहरु लगायत पार्टि कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























