लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश
बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादव एमालेमा प्रवेश गरेका छन् । उनी २०७४ को प्रदेशसभा निर्वाचनमा बाँकेको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका थिए ।
बाँकेमा मंगलबार आयोजित एक कार्यक्रमका नेकपा एमाले केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय कमिटी सचिव एवं एमाले लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा लगायतले यादवलाई पार्टीमा स्वागत गरेका हुन् । यसअघि उनी जसपामा थिए ।
उनलाई एमाले नेतृत्वको प्रदेश सरकारमा पार्टीको निर्णयबिना सहभागी भएको भन्दै उनलाई जसपाले कारवाही गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















