खोटाङ – खोटाङमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।

ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गत २१ साउनको राति पहिरो गएपछि बनेको भिरबाट लडेर ४७ वर्षीय भोजकुमार राईको शनिवार ज्यान गएको हो ।

भिरबाट करिब डेढ सय मिटर तल खसेका राईको तत्काल ज्यान गएकाे जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राईले बताउनुभयो । राई तल्लो गाउँमा झरेर घर जाने बेला भिरबाट लडेर ज्यान गएको हो ।

पहिरो गएको ठाउँमा अहिले डरलाग्दो भिर बनेको छ । आवत–जावत गर्ने मानव तथा गाईवस्तुलाई भिरबाट जोगाउन त्यहाँका बासिन्दाले पहिरोको शिरमा बाँसको घेराबारा हालेका छन् । तर घेराबारा नाघेर हिँड्ने क्रममा राई भिरबाट लड्न पुगेको प्रहरीले जनाएको छ ।