सवारी चालकको निधनमा शुद्धोधन गाउँपालिकाको शोक विदा ।
कपिलवस्तु ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले विहीबार शोक विदा दिएको छ । गाउँपालिकामा हलुका सवारी साधन चालकको रुपमा कार्यरत आर.महोम्मद धोवीको असमायिक निधनको दुःख व्यक्त गर्दै शुद्धोधनले एक दिने शोक विदा दिएको हो ।
पालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले बुधबार एक सूचना जारी गरि एक दिन पालिका मातहतमा रहेका सबै शाखाको काम नहुने जनाएका छन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























