नेकपा एमाले कपिलवस्तुले यहि पौष २३ र २४  गते गर्ना लागेको जिल्ला अधिवेशनमा शिवराज नगरपालिकाका मेयर नेकपा एमालेका पुराना नेता नेत्रराज अधिकारीले नेकपा एमाले कपिलवस्तुको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । यहि पौष महिनामा हुन गई रहेको अधिवेशनमा उम्मेद्वारी दिने आकाक्षी बढदै गई रहेको पार्टीमा आवद्ध कार्यकर्ता माझ चर्चा हुन थालेको छ ।

पार्टीको अन्य महत्पुर्ण पदमा पनि धेरै सदस्यहरुको उम्मेद्वारीको चर्चा चलन थालेको छ जस्तै सचिव पदमा वरिष्ट पत्रकार तथा सचिवालय सदस्य भेषराज पाण्डे सचिवालय सदस्य चन्द्र बहादुर गहतराज (सि.बी) विश्व कार्कीले उम्मेद्वारी दिने मन्साय बनाएका छन् ।  उपसचिवमा लुम्बिनी प्रदेश सासंद अर्जुन कुमार के.सीको उम्मेद्वारीका रहने उनी निकट नेताहरुले बताएका छन् ।  आफनो उम्मेद्वारीको विषयमा नेताहरुले आफना निकट नेताहरु संग  पार्टी भित्र छलफल अगाडी बढाएको श्रोतले बताएका छ ।

नेकपा (एमाले) कपिलवस्तुको अध्यक्षमा आकांक्षी बढ्न थालेका छन् । जिल्ला सम्मेलनको मिति नजिकिदै जादा पार्टीका जिल्ला नेता नेत्रराज अधिकारी डम्मर शर्माको अध्यक्ष पदमा उम्मेद्वारी दिने पक्का पक्की भएको छ । नेत्रराज अधिकारीले जिल्ला अधिवेशनमा अध्यक्ष पदमा  लड्ने बताए  ।

अधिकारीले आम पार्टी कार्यकर्ताको चाहना अध्यक्षमा उठ्नु भन्ने रहेको भन्दै आफु यो पालि अध्यक्षमा उठ्ने नेता अधिकारीले प्रष्याउनुभयो ।

शिवराज नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका नेता अधिकारी एमाले कपिलवस्तुका वरिष्ठ नेता हुनुहुन्छ । लामो समय जिल्ला सचिवालय सदस्य भएर काम गर्नुभएका उहाँ ०५४ सालमा साविक शिवपुर गाविसको अध्यक्ष हुनुभएको थियो ।

०६४ सालको तत्कालिन क्षेत्र नं. ४ बाट संविधानसभा सदस्यमा उठ्नुभएका उहाँ ०७० सालको दोस्रो संविधानसभाको चुनावमा पनि एमालेबाट उम्मेद्वार बन्नुभएको थियो । ०७० मा उहाँ झिनो मतान्तरले सभासदमा पराजित भएका थिए ।