कांग्रेस अधिबेशन : लुम्बिनी प्रदेश सदस्यमा जमशेर अलिमियाँकाे उम्मेदवारी
पशुपति गिरी ।
कपिलवस्तु नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पदमा कपिलवस्तुका युवा जुझारु सबैका मनमा बसेका नेता एक सफल ब्यवसायी तथा नेपाली कांग्रेसका नेता जमशेर अलिमिँया अहिले लुम्बिनी प्रदेश सदस्यमा उमेदवार खुल्ला तर्फ देखि उम्मेदवारी घोषणा गरेका छन ।
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा महाधिवेशन केन्द्रिय प्रतिनिधिमा सर्वाधिक मत ल्याइ बिजय बन्नुभएकाे अलिमिँयाले लुम्बिनी प्रदेश प्रदेश सदस्यमा पनि उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । बिपिको समाजवादको सपना साकार पार्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने र युवा पुस्ताले राजनीतिमा अवसर पाउनु पर्छ भन्ने मान्यता राख्ने अलिँमियाले बताएका हुन छन ।
सानै उमेर देखि बिद्यार्थी देखिको यात्रा र समाज सेवा गर्दै आएका अलिँमियाले सानै उमेरमा नेबिसंघको जिम्मेवारी पनि सम्हालेका थिए।
नेपाली कांग्रेसको भातृ संगठन (नेपाल विद्यार्थी संघ) को राजनीति गर्दै कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा बहुमत प्राप्त गरि युवा पुस्तालाइ हौसला दिने कांग्रेसको संस्थापन र इतर पक्षमा भएता पनि आफू कांग्रेसको साझा उमेदवार भएर प्रदेश सदस्यमा खुल्ला तर्फबाट उम्मेदवार रहेको बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























