काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा पाँच लाख बढी जनसहभागिता रहेको बताएका छन् । अध्यक्ष ओलीले मंगलबार पार्टीको १०औं महाधिवेशन अन्तर्गत मंगलबार बन्दसत्रलाई समापन गर्ने क्रममा बोल्दै महाधिवेशनमा पाँच लाख बढी जनसहभागिता रहेको दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले भनेका छन्, ‘महाधिवेशनमा पाँच लाखको सहभागिता हुने भनेका थियौं । ५ लाख भन्दा बढी नै संख्या पुग्ने गरी, बाटाहरुले नथाम्ने, गाली ठाउँले नथाप्ने र यातायातले नछान्नेगरी जनसहभागिता भयो ।’

त्यस्तै अध्यक्ष ओलीले अनुशासन आयोगका पदाधिकारी तथा सदस्यहरुलाई विशेष निर्देशन दिँदै अब पार्टीमा अनुशासन उल्लंघन सैह्य नहुने बताए ।

उनले भनेका छन्, ‘पार्टीभित्र अनुशासनको स्थिति के छ ? अनुशासन उल्लंघन भएमा तिनलाई हटाउन के कस्ता उपाय अपनाउने, अनुशासन उल्लंघन हुन लाग्दा पनि सचेत गराउने काम दृढताका साथ गर्नुपर्छ ।’

त्यस्तै उनले अनुशासन बिनाको पार्टी बजार मात्र हुने दाबी गरे । उनले अब तीन महिनासम्म एकीकरणको अभियान सञ्चालन गर्ने पनि जानकारी दिए ।