सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशन: झापडमा परेर मतदान अधिकृतसहित चार जना प्रहरी घाइते
सर्लाही – सर्लाहीको बलरामा नेपाली कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद हुँदा झडप भएको छ ।
झडपमा परेर मतदान अधिकृतसहित चार जना प्रहरी र केही कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ । संस्थापन इतर पक्षले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा लैजान खोजेपछि प्रहरीसँग झडप भएको हो । मतदान अधिकृत झाको टाउकोमा सामान्य चोट लागेको छ ।
कांग्रेसको एउटा समूहले आफूहरूसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको हो । मतदान अधिकृत झालाई प्रहरीले मतदान स्थलबाट उद्धार गरी लैजान खोज्दा उनीमाथि ढुङ्गामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
घाइतेको जिल्ला अस्पतालमा मलंगवा उपचार भइरहेको छ । यसअघि हिजो आइतवार पनि बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशन स्थलमा दुई पक्षीयबीच विवाद हुँदा झडप भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















