कपिलवस्तु -कपिलवस्तुको शिवराज नगपालिका वडा न १ मा बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।

बुधबार विहान शिवराज नगरपालिका वडा न १स्थित हाइवेय पेट्रोल पंम्प नजिकैबसको ठक्करवाट १८ किशोरको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जाकारी दिएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका वडा न १ निवासी जित बहादुर मगरको छोरा १८ वर्षीय सन्तोश मगर रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जाकारी दिएको छ ।

पुर्ववाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको बसले आज विहान वनकवासबाट चन्द्रौटातर्फ साईकलमा आउँदै गरेका पुनलाइ ठक्कर दिँदा साइकल यात्रि किशोर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका पुनको उपचारका क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र प्रहरीले नियन्त्रणमा लिएको छ ।