काठमाडौं !  कलंकीमा बसले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सकुटरका २५ वर्षीय रामबहादुर आचार्य र ५२ वर्षीय यादव कुँवर रहेका छन्। उनीहरूको ठेगाना खुलिसकेको छैन।

मंगलबार पौने ५ बजे प्रदेश-३-०१ ००५ख ९३०० नम्बरको बसले प्रदेश३-०२-०१४ प ७४६३ नम्बरको स्कुटरलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बसले ठक्कर दिँदा स्कुटरमा सवार दुबै जना गम्भीर घाइते थिए। घाइते दुबैलाई बयोधा अस्पतालमा लगिएकोमा मृत्यु भएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।

घटनास्थलबाट दुबै सवारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बस्नेतले जानकारी दिए।