अर्जुनधाराको पशुपन्छी तथा मत्स्य विकास शाखा लिजामा २ अंक ल्याउन सफल ।
केशव राज भण्डारी, झापा ।
झापाको अर्जुनधारा नगरपालिका आर्थिक विकास समिति अन्तरगत कृषि तथा पशु पन्छी तथा मत्स्य विकास शाखाको कार्यक्रम, कार्ययोजना, र वार्षिक समिक्षा कार्यक्रमको आयोजना मार्फत पशु पन्छी तथा मत्स्य विकास शाखाले वेरुजु सुन्य गर्दै लिजामा उत्कृष्ठ अंक ल्याएको वताइएको छ ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नगर उप प्रमुख कमला खतिवडा, वडाका अध्यक्षहरु लगायत स्थानिय कृषकहरुको सहभागिता रहेको थियो ।
स्वागत मन्तब्य सहित आफ्नो शाखाको प्रगति विवरण प्रस्तुत गर्दै पशु पन्छी तथा मत्स्य विकास शाखाका प्रमुख पदमलाल राईले गत आर्थिक वर्ष २०७७÷०७८ मा १९ हजार ९ सय ४९ पशुपन्छीले शाखा वाट उपचार सेवा पाएको जानकारी दिनु भयो । गत आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रमहरु मध्ये पनि कृषकको घर घर पुगेर जुका नाम्लेको औषधी खुवाउने अभियान, साइलेस उत्पादन र प्रयोगमा बृद्धि, नगरमै युएमवि ब्लक निर्माण तथा प्रयोग, गाई, भैँसी, वाख्रा, वंगुर लगायतको नश्ल सुधारका लागि उन्नत सेक्स सिमेन ब्यवस्थापन, माछा पालन गर्ने कृषकलाई तालिम तथा भुरा वितरण, माछाको दाना वनाउने उद्योग स्थापना, लोकल कुखुरा पालनकालागी कृषकलाई चल्ला खरिदमा अनुदान, उन्नत वाख्रा पालनका लागि खोर निर्माण सहयोग, वोयर वोका वितरण, पशुधन बिमा, घरपालुवा तथा सामुदायिक कुकुर तथा विरालाहरुलाई रेविज विरुद्धको खोप अभियान कार्यक्रम, पकेट प्याकेज कार्यक्रम अन्तर्गत वडा नं. २ को वेल्टार, वडा न १ को सिस्ने, वडा नं ११ को सालवारी थापा चोक गरी ३ स्थानमा मा दुध संकलन तथा चिस्यान केन्द्र स्थापना, मिल्क क्यान वितरण, घाँसको विउ वितरण लगायतका कार्यक्रमहरु प्रभावकारी वनेको वडा अध्यक्षहरुले वताउनु भएको छ ।
त्यसै गरी कृषि विकास शाखा अन्तर्गतका गतिविधिहरुमा भने कोरोना भाइरसको प्रभावका कारण केहि कठिनाई भए पनि विभिन्न रोग किराको प्रकोप न्युनिकरणका लागि सचेतना कार्यक्रम सञ्चालन भएको शाखा प्रमुख उर्मिला राजवंशीले जानकारी दिनु भयो ।
कृषि साथै पशु पन्छी तथा मत्स्य विकास शाखा कार्यक्रम सञ्चालन केहि ढिलो गरि सञ्चालनको तयारीमा रहे पनि कार्यक्रम पुर्ण रुपले सञ्चालन हुने पशु पन्छी तथा मत्स्य विकास शाखा प्रमुख पदम राईले जानकारी दिनु भयो । कार्यक्रम सञ्चालनमा प्राविधिक समस्या देखिएकाले सञ्चालनमा केहि ढिलाई भएको अर्जुनधारा नगरपालिका आर्थिक विकास समिति सयोजक दिलमायाँ दासले जानकारी दिनु भयो । कार्यक्रम ढिलो गरी सुरु भए पनि आम नागरिकले महसुस गर्ने प्रकृतिका कार्यक्रम पुर्ण वैधानिक तवरले तया भएको नगर उप प्रमुख कमला खतिवडाले जानकारी गराउनु भयो । नगरका ब्यवसायिक कृषकहरुलाई टिकाइराख्नका लागि राम्रो सुझ बुझकासाथ कार्यक्रम निर्माण गरी जनतामाझ पुर्याउने नगर प्रमुख हरिकरमार रानाले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















