विचित्र धर्ति विचित्र मान्छे अनौठो संसार
ति मान्छे सबै मिलेर बन्ने जीवनको आधार ।

भरोसा हुन्न मान्छेको चोला कहिले सकिन्छ
पानीको माथी लेखेको नाम जसरी मेटिन्छ ।

लेख्दछु आज कहनी मनको कलम समाई
पिंजडा भित्र युनेको सुगा के वस्थ्यो रमाई ।

हामी थ्यौ दुर्इ देहमा तर आत्मा एउटै थ्यो
छोडेर गए लोचनका तारा जीवन शुन्य भो ।

बुढा र बुढी मिलेर सानो संसार बनायौ
बनाई एक्लो निर्जन मलाई कुन लोक हरायौ ।

संसार भरी फैलियो काल कोरोना बनेर
त्यै कोरोनाले लग्यो नी मेरो मुटु नै चुंडेर ।

दर्शन पाइन अन्तिम क्षणमा यो कस्तो दुर्भाग्य
चुंडेर लग्यो दैवले मेरो सिंउदोको शोभाग्य ।

एक्लो थ्यो छोरा तैपनि थियो विदेशी भूमीमा
यता थ्यो उसको अध्यारो घरमा फेरी ति विलाए ।

बनेको सुन्दर संसार हाम्रो क्षणमै भासियो
सुनौला आशा भविष्य फेर्ने त्यो पनि नासियो ।

शुन्य छ मेरो संसार आज ढुङगा झै संसार
समाउने हांगो टुटेर गयो क्यै छैन आधार ।

बित्दछ मेरा प्रहरहरु आंशको साथमा
अपूरो यात्रा लेखेछ दैव फूटेको माथमा ।

अलप भयौ हे मेरा प्यारा सम्झना छोडेर
फर्केर आउ गर्दछु विन्ति दुई हात जोडेर ।

शिवराज,कपिलवस्तु भगवती पौडेल ।