कर्तव्य ज्यान मुद्दाका अभियुक्त २२ बर्षपछि पक्राउ गरी सार्वजनिक
अर्घाखाँची अशोक खनाल
जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जिल्लाको सितगङा नगरपालिका वडा न.७ निवासी ५५ बषिया खिम बहादुर पुलामी मगरलाई सार्बजनिक गरिएको छ।
जिल्ला अदालत अर्घाखाँचीको मिति २०५६/०३/१८ गतेको फैसला बमोजिम कैद ठहर भएका पुलामी मगरलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलिले लुकिछिपी बसेको अबस्थामा निजकै घरबाट नियन्त्रण लिइ जिल्ला अदालत अर्घाखाँचीमा दाखिला गराइ कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापाले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।
स्थानीय भिम बहादुर क्षेत्री लाई २२ बर्ष अगाडि खिम बहादुर पुलामी सहित ४ जनाले चिरपटको प्रयोग गरि हत्या गरेको थिए । अन्य अभियुक्त मध्ये कसैले आफ्नो सजाय भुक्तान गरि सकेका छन भने २ जनाको मृत्यु भइ सकेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
५५ वर्षिया अभियुक्त पुलामी मग लाई १९ बर्ष ११ महिना १० दिन कैद सजाय तोकिएको छ् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















